नौमूलेका विद्यार्थीहरूले हातमा पुस्तक बोक्नु नपर्ने

दैलेखः विदेश जाने विषय रहर र बाध्यता दुवै जोडिएको विषय हो । विदेश गएर धेरै रकम कमाउने सबैको इच्छा र चाहना हुन्छ । कतिपय युवाहरू भने काम विदेशको भए पनि माया गाउँको रहेको पुष्टि गर्ने गरेका छन् । यी मध्येका एक युवा हुन मानेन्द्र चन्द ठकुरी, डिभी परेर अमेरिका गएका मानेन्द्र आर्थिक अभावले दैलेखको दुर्गम क्षेत्र नौमूलेका बिकट स्थानबाट विद्यालयमा पढ्न आउने विद्यार्थीहरू अहिले पनि हातमा किताब र कापी बोकेर विद्यालय पढ्न जानुपर्ने बाध्यता अन्त्य गर्ने अभियानमा लागेका छन् । दुर्गमका विद्यार्थीहरूले राम्रो झोला, कलम र कापी नपाएर शिक्षा आर्जन गर्न समस्या नहोस् भन्दै हातमा किताब रहित अभियान थालनी गरेका छन् ।

दैलेखको नौमूले गाउँपालिका–६ सल्लेरी जन्मेर हाल अमेरिकाका रोजगारी गर्दै आएका मानेन्द्र चन्दले दैलेखको नौमूले गाउँपालिकाका ११ वटा विद्यालयका कक्षा दशमा पढ्ने विद्यार्थीहरूलाई झोला र शैक्षिक सामग्री वितरण गर्दै पुस्तक हातमा बोकेर विद्यालय आउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका छन् ।

घोषणा सँगै उनले दैलेखको नौमूले गाउँपालिकाका ३ वटा विद्यालयका १ सय ३७ जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेका छन् । झोला शैक्षिक सामग्री पाएपछि दुर्गमका विद्यार्थीहरू खुसी भएका छन् । यस अघि पनि उनले ३ वटा विद्यालयमा झोला र शैक्षिक सामग्री वितरण गरिसकेका छन् ।

नौमूले गाउँपालिकाका ११ वटा माविमा करिब ६ सय बढी विद्यार्थीहरू कक्षा दशमा पढ्ने गर्दछन् पहिलो पटक ३ वटा विद्यालय र यसपालि ३ वटा विद्यालयमा झोला वितरण भएपछि विद्यार्थी निकै खुसी भएको भैरव मावि नौमूलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशिराम बि.क.ले जानकारी दिएका छन् । विदेश त धेरै गएका छन् तर आफूले गाउँमा पढ्दा भोगेको समस्यालाई मध्यनजर गर्दै समग्र नौमूलेको शैक्षिक क्षेत्र सुधारका लागि गरेको सहयोग निकै प्रभावकारी भएको बि.क.को भनाई छ ।

“नौमूलेमा रहेको लालीगुराँस माविमा कक्षा दशमा पढ्ने छात्रा डिल सरा थापा मगरले भनिन घरमा झोला किन्ने पैसा पनि थिएन बाबा आमा गरिब हुनुहुन्थ्यो आज महँगो झोला पाएपछि निकै खुसी छु, अव हातमा किताब र कापी बोकेर स्कुल आउनुपर्ने बाध्यता हट्यो, समाजसेवी मानेन्द्र चन्दलाई धन्यवाद, विदेशमा आफूले मेहनत गरेर कमाएको पैसाले हामीजस्ता विपन्न विद्यार्थीलाई सहयोग गरिदिएकोमा” विदेशमा आफूले कमाएको रकम मध्ये केही रकम शैक्षिक क्षेत्रको सुधारमा लगानी गर्ने तयारी अनुसार अभियान थालिएको अमेरिकामा रहेका मानेन्द्र चन्दले प्रतिक्रिया दिएका छन् ।

चन्दले भने म आफू गाउँमा बसेर स्कुल पढ्दा झोला हुँदैनथ्यो, हातमा किताब र कपी बोकेर विद्यालय जानु पर्थ्यो अहिले म अमेरिकामा छु । आफूले काम गर्ने समयभन्दा धेरै काम गरेर प्राप्त गरेको रकमले विद्यार्थीलाई सहयोग गर्ने अभियान थालेको छु, कर्म गर्न विदेश गए पनि आफ्नो जन्मभूमिको माया गर्दै गरिब र विपन्न समुदायका विद्यार्थीका लागि शैक्षिक सामग्रीले धेरै सहयोग गरेको भन्दै स्थानीय अभिभावक लालबहादुर पुन मगरले धन्यवाद दिएका छन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार